काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए ।
डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।