डिपिएल बिर्तामोडको नयाँ नेतृत्व, अध्यक्षमा मुकेश भट्टराई

बुधबारे(पालिका सन्देश)। डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल) बिर्तामोडको अध्यक्षमा मुकेश भट्टराई सर्वसम्मत रुपमा चयन भएका छन् ।

झापाको बिर्तामोडमा सम्पन्न डिपिएलको तेस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, महासचिवमा सदिक्षा खड्का, उपाध्यक्षमा रोनिशा अधिकारी त्यस्तै अर्का उपाध्यक्षमा पुष्प भट्टराई, कोषाध्यक्षमा अर्जुन ढकाल, निर्देशकमा सुमन पोखरेल र विद्या सिग्देल चयन भएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

संस्थाका अध्यक्ष विश्वास गौतमको सभापतित्वमा भएको कार्यक्रममा डिपिएल नेपालका बरिष्ठ उपाध्यक्ष अनु भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा पूर्व अध्यक्ष अश्विन देउजा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालकका रुपमा सदिक्षा खड्का रहेकी थिइन् ।

पठन संस्कृति विकास संगै सकरात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्वको विकास गर्ने उद्देश्यले स्थापित डिपिएललाई आप्mनो कार्यकालमा रचनात्मक कार्य अघि बढाउने नवनिर्वाचित अध्यक्ष भट्टराईले पालिका सन्देशलाई बताएका छन् । उनी बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत हुन् । यसका साथै उनले स्थानीय युवा क्लब, विद्यालय तथा संघसंस्थाहरुका राम्रो नेतृत्व लिइसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *