डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

बाँकेमा डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-५ बस्ने ३० वर्षीय नैनसिंह विक छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले उनलाई कोहलपुर नगरपालिका-११, एनटिभी रोडबाट मंगलबार पक्राउ गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार विकले विभिन्न सरकारी कार्यालयहरूमा गएर आफूलाई सीआईबी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको डिएसपी बताउँथे ।

अनुगमनको सिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोप उनीमाथि छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *