Search
Close this search box.
Search
Close this search box.

ड्युटी गर्दागर्दै ओमसाई पाथीभरा हस्पिटलका सेक्युरिटी इन्चार्जको मृत्यु

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ । भद्रपुर नगरपालिका- ६ निवासी कुमार बोगटीको मृत्यु भएको हो । उनको आज बिहान ५:१५ बजे हृदयाघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको आकस्मिक कक्ष नजिकैको मूल गेटमा डियुटीमा रहेका बेला बोगटीलाई हृदयाघात भएको थियो ।

उनलाई उपचारका लागि आकस्मिक कक्ष पुर्‍याउन नपाउँदै मृत्यु भएको जनाइएको छ । उनी हस्पिटलमा १४ वर्ष देखि सेक्युरिटी इन्चार्ज पदमा कार्यरत थिए । हस्पिटलले कर्तव्य निष्ठ र मिलनसार कर्मचारी गुमाएको जनाएको छ । उनको श्रीमती र दुई छोरी रहेका छन् ।  

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *