गुल्मीको मालिका गाउँपालिकामा ड्युटीमा बसिरहेका २ प्रहरी हवल्दारमाथि आक्रमण भएको छ । उनीहरूमाथि शुक्रवार राति आक्रमण भएको हो ।
आक्रमणमा संग्लग्न १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।
आक्रमण संग्लग्नमध्ये २ जना प्रहरी नै रहेको र बाँकी भारतीय सेनामा कार्यरत रहेर दशैंमा घर आएका युवाहरू रहेका छन् ।
मदिरा सेवन गरेर होहल्ला गरेपछि प्रहरीले त्यो नगर्न भन्दा उनीहरूले उल्टै आक्रमण गरेको एसपी प्रधानले बताए ।
घाइतेहरूको आँखामुनि चोट लागेको र उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।



















