तराईमा दिनभर हुस्सु र कुहिरोको सम्भावना

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

EPIC EPIC EPIC

दिउँसो तराईका धेरै स्थानमा हुस्सु नै रहनेछ। कोशी, मधेश र बागमतीका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराईमा मध्यान्हसम्म कुहिरोसमेत लाग्ने सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। 

राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहने विभागले जनाएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *