काठमाडौँ- सरकारले तिहार मनाउन घर जानेलाई काठमाडौँका चार मुख्य-मुख्य चोकमा कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ । १६ र १७ गते कोटेश्वर चोक, गोंगबु बसपार्क, कलंकी र बल्खु चोकमा कोभिडविरुद्धको भेरोसेल र एष्ट्राजेनिका खोप लगाउने भएको हो ।
बिहान साढे ७ बजेदेखि ४ बजेसम्म लगाउने भएको छ । खोप लगाउन जाँदा नाम र उमेर खुल्ने परिचयपत्र भने साथमा लिएर जानुपर्नेछ ।
तस्बिर: फाइल