नारायण रिजाल(प्रशिक्षार्थी पत्रकार) बुद्धशान्ति । महिला शसत्तिकरण छाता संगठन बुद्धशान्ति- १ को आयोजनामा झापाको बुधबारेमा तीन महिने सिलाई कटाई तालिम शुरु भएको छ ।
महिला तथा बालबालिका शाखा बुद्धशान्तिको सहयोगमा सञ्चालन भएको तालिममा प्रमुख अथिति बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य यमुना चापागाईंले व्यानर पढेर कार्यक्रम उदघाटन गरेकी थिइन् ।
संस्थाकी अध्यक्ष तुलसा रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि वडा सदस्य टीका धिमालले शुभकामना राखेका थिए । पार्वता आचार्यले प्रशिक्षण दिने तालिममा २४ जना सहभागी रहेका छन् । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख मीना विष्टले गरेकी थिइन् ।