दमकबाट लुटिएका दुई हतियार पाँचथरको ओडारमा फेला, एक युवक पक्राउ

झापा-जेन जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार पाँचथरको ओडारभित्र लुकाएको अवस्थामा फेला परेका छन्।

विशेष सुराकीका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक–६ बाट एक युवकलाई पक्राउ गरेपछि हतियारको ठेगाना खुलेको हो।

EPIC EPIC EPIC

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँका २२ वर्षीय सुशिल फियाक (लिम्बु) रहेका छन्।

प्रारम्भिक सोधपुछमा फियाकले Gen-Z आन्दोलन पछि दमकबाट लुटिएको हतियार आफ्नै गाउँस्थित ओडारभित्र लुकाएर राखेको स्वीकृति दिएका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले आरुबोटे लामागाउँको ओडारबाट निम्न हतियार तथा गोली–गठ्ठा बरामद गरेको जनाएको छः

बरामद गरिएको सामग्री:

• सिरियल नं. 62038 रहेको म्याग्जिनसहितको .303 मार्क–3 राइफल–१

• सिरियल नं. 031102739 भएको म्याग्जिनबिहीन, बट र ह्यान्डग्रिप जलेको अवस्थामा फेला परेको INSAS–१

• INSAS को १ राउण्ड

• SLR का ३ राउण्ड

बरामद हतियारहरू र पक्राउ परेकालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *