दमकमा आज जातीय सम्मेलन, प्रचण्डको सम्बोधन हुने

झापा- आज झापाको दमकमा हुने जातीय मोर्चाका संयुक्त राष्ट्रिय सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’ले दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पाँच जातीय मोर्चाका राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालकी अध्यक्ष ममता राजवंशीले दिएको जानकारीअनुसार दमकको रिभर भ्यु पार्टी प्यालेसमा हुने यस सम्मेलनमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा, र मेचे राष्ट्रिय मुक्ति मोर्चा सहभागी हुनेछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *