दमकमा दुर्घटना गराई फरार रहेका ट्रक चालक पक्राउ

झापा, वैशाख २८ – झापाको दमकमा स्कुटरलाई ठक्कर दिई फरार रहेका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति १०:१५ बजे दमक नगरपालिका–१ रबिस्टेन गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा स्कुटर चालक ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–५ का २२ वर्षीय अंकित लिम्बुको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरको पछाडि सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सिर्जना राई गम्भीर घाइते भई हाल उपचाररत छिन्।

घटनापछि फरार भएका ट्रक चालक इलाम सन्दकपुर गाउँपालिका–३ निवासी २५ वर्षीय रोशन केरुङ लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा आइतबार बिहान ९:५५ बजे बिर्तामोड नगरपालिका–५ स्थित माता मन्दिर नजिकैबाट पक्राउ गरेको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *