काठमाडौं।सरकारले चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो दश महिनामा विभिन्न दातृ राष्ट्र तथा निकायबाट ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरिसकेको छ। अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायतामा १४ अर्ब ३३ करोड रुपैयाँ अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋणको हिस्सा रहेको छ। २०७७ साउन देखि २०७८ वैशाखसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्राप्त गरेको हो।
















