दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले गरिन् आत्महत्या

बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले आज राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल लिम्बूले राति ८ः४५बजे झुन्डिएर आत्महत्या गरेकी हुन् ।

EPIC EPIC EPIC

उनले कोठाको सिलिङमा रहेको फलामको रडमा कपडाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी विगत तीन महिनादेखि दिदी भिनाजुसँग बस्दै आएकी थिइन् । दिदी भिनाजुबीच झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । कोपिलाका श्रीमान कारागारमा रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *