कचनकवल। दिपज्योति सामुदायिक वन उपभोक्ता समूह कचनकवल ७ बालुबाडीले वनमा काठ वितरणमा अनियमितता भएको भनेर आएको जनगुनासो र चासोलाई सम्बोधन गर्दै छानविन समिति गठन गरेको छ।
जेठ ७ गते बसेको समूहको बैठकले स्थानिय महासंघ कचनकवलका अध्यक्ष चेतराज भट्टराई को संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको समूहका अध्यक्ष हरी लिम्बुले जानकारी दिएका छन्।
वन समूहले १५ दिन सम्म का लागि कुनैपनि कामकारबाही अघि नबढाउने र खाता,बिल , भरपाई सबै छानबिन समितिलाई बुझाएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।




















