भारतले अप्रिल-अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०२३/२०२४ को पहिलो पाँच महिनामा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको ४ करोड ३३ लाख अमेरिकी डलर भन्दा १९ प्रतिशतले बढी हो । सरकारकाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भारतले १९ प्रतिशतले वृद्धि गरी अमेरिकामा पनि भारतीय आँप निकासी गरेको छ । भारतले इरान, मौरिसस, चेक रिपब्लिक, नाइजेरिया लगायत ४१ देशमा आफ्नो आँप निर्यात गरेको हो ।
भारतले हरेक वर्ष जुलाई २२ मा राष्ट्रिय आँप दिवस मनाउँछ । भारतमा करिब १५ सय प्रजातिका आँप उत्पादन गरिन्छ । जसमा १ हजार व्यावसायिक प्रजातिहरू छन् ।



















