दुईदिने कार्यक्रमका लागि सभामुख घिमिरे झापामा

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दुईदिने कार्यक्रमका लागि आज आफ्नो निर्वाचन क्षेत्र, झापा क्षेत्र नम्बर २ मा आउँदैछन् ।

झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले आज जनता माध्यमिक विद्यालय अर्जुनधाराको ६९ औ वार्षिक उत्सव उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै गरुवा चौक–कैदले कालोपत्रे सडकको स्थलगत अवलोकन गर्नेछन् ।

EPIC EPIC EPIC

त्यस्तै भोलि बिर्तामोड–चन्द्रगढी सडकको अवलोकन , खानेपानी उपभोक्ता सरसफाई समितिका विभिन्न आयोजनाहरुको अवलोकन, चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभाको उद्घाटन, अर्जुनधारामा सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा सिस्नेको सामुदायिक वन– सेनाको तालिम केन्द्रका विषयमा सरोकारवालाहरुसंग छलफल, एनटीएनसी पदाधिकारीसहित हात्ती नियन्त्रण सम्बन्धमा स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *