Search
Close this search box.
Search
Close this search box.

दुखीको घर राष्ट्रिय युवा संघको भर,‌ साँवाको घर बनाउँदै युवा संघ

भद्रपुर। भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर टोलमा एक विपन्न परिवारका लागि युवाहरूले घर बनाइरहेका छन्। बुढेसकालमा चिसो काट्ने घर समेत नभएपछि नेकपा एमाले निकट भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल, भद्रपुर नगर कमिटीको अगुवाइमा वृद्ध वृद्धाका घर निर्माणको काम भइरहेको छ ।

स्थानीय रणबहादुर साँवाको लागि बस्न सकिने घर निर्माणका लागि राष्ट्रीय युवा संघ‌ नेपालले अगुवाइ गरिरहेको भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीले जानकारी दिए। उनका अनुसार अति समस्याग्रस्त घरमा वृद्ध बा-आमाको दैनिकी कष्टकर देखेर बस्न मिल्ने गरीको घर निर्माण सुरु गरिएको हो। दाताहरूको समेत सहयोगमा घर निर्माण गरिरहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार बरन्डासहित दुई वटा कोठाको घर निर्माणमा संघले श्रमदान गरिरहेको छ ।

EPIC

आज आठौ दिन सम्म आईपुग्दा दैनिक १० जनाभन्दा बढी युवाहरूले घर निर्माणमा श्रमदान गरिरहेका छन् । माघ १० भित्र घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना बनाएको राष्ट्रीय युवा संघ नेपाल भद्रपुरले दाताबाट घर निर्माणका लागि आवश्यक सामग्रीहरूको पनि सङ्कलन गरिएको बताइएको छ । स्थानीय दाताले १० धुर जग्गा साँवा परिवारलाई सहयोग गरेका थिए । सोही जग्गामा घर निर्माणको काम भइरहेको छ ।
हुने ले नहुने लाई दिनु महानता हो,
नहुनेहरु नै मिलेर झन केही नहुने लाई दिनु अवश्य सामुहिकता हो ।
“दुखीको घर राष्ट्रिय युवा संघको भर ” भन्ने नारालाई सार्थक तुल्याउन राष्ट्रिय युवा संघ नेपालले यस अभियानको नेतृत्व गर्ने राष्ट्रिय युवा संघ भद्रपुर नगर, जिल्ला, प्रदेश, केन्द्र कमिटी परिवार सहित सहयोगी दाता सबैमा नेकपा एमाले जिल्ला कमिटी सह सचिव असारु राजवंशीले घरको शिलान्यास हुदा आभार व्यक्त गर्नुभएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *