Search
Close this search box.
Search
Close this search box.

दुर्गा प्रसाईंकै सुरक्षाका लागि निगरानीमा राखिएको हो-प्रजिअ रोशनी कुमारी श्रेष्ठ

भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताएकी छिन् ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको हो भन्ने प्रश्नमा सिडिओ श्रेष्ठले नजरबन्दमा राखिएको समाचार गलत भएको बताइन् ।

EPIC

श्रेष्ठले भनिन्, ‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, यो स्थान हद वा नजरबन्द केही होइन ।’ त्यसो भए घरबाट निस्कन किन नदिएको त भन्ने प्रश्नमा श्रेष्ठले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले उहाँलाई कार्यक्रम गर्न दिने स्थान तोकिदिएमा त्यस स्थानसम्म जान दिन हामी तयार छौँ । त्यसका लागि सहयोग पनि गर्छौँ । तर कार्यक्रम कहाँ गर्ने भनेर अनुमति नभई सडक नै अस्तव्यस्त र भद्रगोल पार्ने गरी आन्दोलन गर्ने भन्ने कुरा हुँदैन । उहाँले कार्यक्रम गर्ने स्थान र अनुमति पाएपछि हामी जान दिन्छौँ ।’

सिडिओ श्रेष्ठले बिहीबार दुई पक्षबिच पटक पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको बताइन् । श्रेष्ठले भनिन्, ‘काठमाडौँबाट कार्यक्रम गर्ने स्थानको अनुमति भएपछि हामी उहाँलाई जान दिन्छौँ । अहिले सुरक्षा दिएर निगरानीमा राख्नुको कारण उहाँकै सुरक्षाका लागि हो ।’ रातोपाटी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *