Search
Close this search box.
Search
Close this search box.

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद माग गर्दै ‘साइबर’ अपराधमा मुद्दा दर्ता

काठमाडौं। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ ।


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् । ‘प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ । यो भन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको छ । सो व्यवस्थाअनुसार साढे ७ वर्ष कैद माग गरिएको छ’, कटुवालले भने ।

EPIC

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै प्रसाईंले अफवाह फैलाएका थिए । प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ । प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने फर्जी कागज देखाउँदै उनले पत्रकार सम्मेलन गरेका थिए । बयानका क्रममा भने कसैले ह्वाट्एपमा पठाएको डकुमेन्ट सार्वजनिक गर्दा आफू फसेको उनले बताएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *