दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं। उच्च अदालत, पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईलाई उच्च अदालतले तीन लाख धरौटीमा छाड्न भनेको हो। न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेश उल्टाएको हो। 

जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा छन्। त्यस्तै, उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा पनि २५ हजार धरौटी माग भएको छ । बैंकको कर्जा अपचलनको आरोपमा उनीविरुद्ध १८ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले सो बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको हो। 

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *