सुर्खेतमा एक महिला मन्दिर परिसरमै मृत भेटिएकी छिन् ।
जिल्लाको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती मन्दिरमा आज बिहान ५० वर्षीया सरस्वती राजी मृत फेला परेकी हुन् । प्रहरीका अनुसार ती महिला सोही मन्दिरका पुजारी रुद्रबहादुर राजीकी पत्नी हुन् ।
मन्दिरको मुल गेटको भित्रपट्टि रहेको फलामको ढोकामा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कायालय सुर्खेतले जनाएको छ ।
गंगामाला देउती बज्यै मन्दिर कर्णाली प्रदेशकै पर्यटकीय तथा धार्मिकस्थलको रुपमा परिचित छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।