देशभर बदली, कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

काठमाडौं। आज देशभर सामान्यदेखि पूर्ण बदली रहने जलवायु पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा देशका अधिकांश स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेको बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC


रातिको समयमा पनि देशभर साधारण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना अझै कायम रहने महाशाखाले उल्लेख गरेको छ।


हाल देशभर मनसुनी वायुको सक्रियता देखिएको छ। मनसुनजन्य न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास र पश्चिमतिर सामान्यभन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम विभागले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *