देशभर बदली र वर्षाको सम्भावना, उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान


काठमाडौं — देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशको अधिकांश पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतः सफा वा आंशिक बदली देखिएको छ।

दिउँसोको समय कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। अन्य भू-भागमा पनि आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपात पनि हुने अनुमान गरिएको छ। तराईका केही भू-भागमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। यी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। उच्च पहाडी क्षेत्रमा भने वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

महाशाखाले गर्मी, वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने उल्लेख गर्दै आवश्यक सतर्कता र तयारी अपनाउन आग्रह गरेको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *