देशभर मनसुन सक्रिय, आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ — नेपालमा मनसुनको प्रभाव विस्तारै तीव्र बन्दै गएकाे छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव स्पष्ट देखिएको छ।

यस्तै, देशको पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको समेत आंशिक प्रभाव कायम छ भने भारतको पश्चिम बंगाल आसपास विकसित न्यूनचापीय क्षेत्रले समेत नेपालको मौसममा आंशिक असर पारेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको विश्लेषण छ।

EPIC EPIC EPIC EPIC EPIC

मौसम विभागका अनुसार असार ४ गते (बुधबार) दिउँसोदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही भू-भागहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना प्रबल देखिएको छ। यस्तै, ती प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ। राति पनि मौसमको अवस्था यस्तै रहनेछ, भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावनाले विशेष सतर्कता अपनाउन विभागले आह्वान गरेको छ।

असार ५ गते (बिहीबार) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने अधिकांश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। रातको समयमा पनि बदली मौसमकै क्रम जारी रहनेछ र ती प्रदेशहरूमा भारी वर्षाको सम्भावना यथावत् रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको पनि सम्भावना कायम रहेको छ।

यस्तै, असार ६ गते (शुक्रबार) को मौसम विश्लेषणले दिनभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। यस दिन पनि देशभरका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। राती पनि यस्तै अवस्था रहनेछ भने ती प्रदेशहरूमा फेरि भारी वर्षाको सम्भावनाले निरन्तर सतर्कता अपनाउन आवश्यक देखिन्छ।

मौसम विभागले आगामी २४ घण्टालाई विशेष सतर्कता दिनु पर्ने भन्दै चेतावनी जारी गरेको छ। विभागका अनुसार लगातारको वर्षाले दैनिक जनजीवन, कृषिकर्म, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पुर्‍याउन सक्छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने ती चारवटै प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षा (भारीदेखि धेरै भारी) हुन सक्ने आँकलन गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम समेत रहेकोले बाढी, पहिरो, कटान र आवागमनमा समस्या आउने सम्भावनालाई दृष्टिगत गर्दै सम्बन्धित निकायहरू र आम नागरिकलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न विभागले अपिल गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *