काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर २८१९.८६ भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको छ।
आज २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भएका छन्।