Search
Close this search box.
Search
Close this search box.

धन कमाउन गएको छोरा बाकसमा फर्किंदा….

धन कमाएर परिवारलाई सुखसुविधा दिन रोजगारीका लागि साउदी अरब गएका सप्तरीको शम्भुनाथ नगरपालिका–२ का राजकुमार चौधरी बाकसमा फर्किंदा परिवारमा सन्नटा छाएको छ ।

करिब एक वर्षअघि साउदी अरब पुगेका चौधरीको दुई महिनाअघि मात्र हट्याट्याक भएर मृत्यु भएको आप्रवासी सञ्जाल मधेस प्रदेशका अध्यक्ष जेपी सिन्हाले जानकारी दिए । उनको शव मंगलबार राति ११ बजे घर ल्याएर बुधबार अन्तिम सस्कार गरिएको अध्यक्ष सिन्हाले बताए ।

EPIC

मृतकको शव नेपाल ल्याउन शम्भुनाथ नगरपालिका–२ का वडाअध्यक्ष दुर्गानन्द भगतले आफैं पहल गरेको उनले बताए । आप्रवासी सञ्जाल मधेस प्रदेश र आप्रवासी सञ्जाल सप्तरीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको थियो ।

उनको परिवारमा बाबुआमा, श्रीमती र सानो छोरा रहेको उनले बताए । शव घर आइपुगेपछि कमाउन गरेको छोरा काठको रातो बाकसमा फर्किंदा परिवरामा सन्नाटा छाएको अध्यक्ष सिन्हाले राजधानीलाई बताए । उनको शव देखिपछि बुबाआमा र श्रीमती विछिप्त भएर ढलेको र बोल्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘सानो छोरा, श्रीमती र बाबुआमाका लागि जुन सपना बोकेर उनी परदेश गएका थिए, त्यो सपना साकार गर्न नसकेको र आफंै बन्द बाकसमा बन्द भएर आएको छ,’ वडाअध्यक्ष सिन्हाले भने, ‘यसको जिम्मेवार को ? मृतकले सामी कार्यक्रममा रिटर्नी स्वयं सेवकका रूपमा पनि काम गर्नुभएको थियो ।’

छोरा बाकसमा फर्किंदा विदेश जाँदा लागेको ऋण र अब कसरी घरपरिवारको पालनपोषण गर्ने भन्ने चिन्तामा रहेको उनले बताए ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन विदेशमा एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’bout खै मूल्यांकन ? धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान जानुमा घातक रोगका कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएकाले बढी मृत्यु हुने गरेको देखिएको छ ।

विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । गत आर्थिक वर्ष २०७९÷८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३ सय २७ जना रहेकोमा १ हजार २ सय ५ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ । आजको राजधानीमा खबर छ!

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *