धनुषामा पैदलयात्रीलाई जोगाउँदा जन्ती बोकेको बस पल्टियो, १५ जना घाइते

काठमाडौं । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषामा जन्ती बोकेको बस पल्टिँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा दुर्घटना हुँदा १३ लजना घाइते भएका हुन् ।

राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अबाले जानकारी दिए ।

EPIC EPIC EPIC

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको उनले बताए । घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार रहेका बसका चालकको खोजी भइरहेको डीएसपी अबाले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च