धरान उपमहानगरको बजेट सिलिङ तोक्न आज कार्यपालिका बैठक बस्दै

काठमाडौं । धरान उपमहानगरपालिकाको बजेटको सिलिङ तोक्न आज कार्यपालिका बैठक बस्ने भएको छ । बुधवार तोकिनुपर्ने बजेटको सिलिङ कार्यपालिका बैठकमा  नेकपा एमालेको असहमतिपछि स्थगित गरिएको थियो । 

बजेटका केही शब्दमा चित्त नबुझेको भन्दै एमालेले थप समय मागेपछि सिलिङ तोक्ने बैठक आजका लागि सारिएको थियो । एमालेले सिलिङमा रहेका केही शब्द र अंशमा असहमति जनाएको हो । 

EPIC EPIC EPIC

यसअघि बजेट प्रक्रिया सुरु गर्न ढिलाइ भएपछि मेयर हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको ‘अवशिष्ट अधिकार’ प्रयोग गरेर भए पनि बजेट ल्याउने चेतावनी दिएका थिए । 

धरान उपमहानगरको ३० सदस्यीय कार्यपालिकामा नेकपा (एमाले) स्पष्ट बहुमतमा छ । एमालेसँग  १८, नेपाली काँग्रेस ७, नेकपा माओवादी केन्द्रसँग उपप्रमुख सहित २,  राप्रपासँग २ सदस्य र मेयर हर्क साम्पाङ एक स्वतन्त्र छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि  धरानले अहिले सम्म पनि बजेट ल्याउन सकेको छैन । जसमा मेयर हर्क साम्पाङको पनि निरोध भइरहेको छ ।

संवैधानिक प्रावधानअनुसार स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हुन्छ । समयमै बजेट पारित नहुँदा चालु आर्थिक वर्षका लागि विकास निर्माणका काम र अन्य प्रशासनिक खर्चहरू सञ्चालन गर्न कानुनी जटिलता उत्पन्न भएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च