धुलाबारीबाट तामाको तार चोरी गर्ने दुई भारतीय पक्राउ

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–७ स्थित धुलाबारीको चिया बगान क्षेत्रबाट तामाको तारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेकामा भारत दार्जिलिङ पानिट्याङका २७ वर्षीय तापच बरमण र २२ वर्षीय अमित सरकार रहेका छन्।

प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ८:४५ बजे उनीहरुलाई चेकजाँच गर्ने क्रममा चार मुठा तामाको तारसहित नियन्त्रणमा लिएको हो। बरामद तारको तौल करिब १०० केजी रहेको छ, जसको बजार मूल्य करिब ८० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

प्रारम्भिक सोधपुछका क्रममा ती व्यक्तिहरूले तार मेचीनगर नगरपालिका–१३ चारआली क्षेत्रबाट चोरी गरेको स्वीकार गरेका छन्। नेपाल टेलिकम धुलाबारी शाखाले समेत उक्त क्षेत्रबाट बिजुलीको पोलमा जडान गरिएको कपर नेटवर्कको तार चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धुलाबारीमा दर्ता गराएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च