नक्कली भिसाको कागजात मिलाएको आरोपमा वायुसेवाका दुई कर्मचारी निलम्बित

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। 

नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उनीहरूलाई हाल लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

EPIC EPIC EPIC

मुद्दा अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्त सम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको हो।  प्रहरीले अधिकृत पोखरेललाई यही मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च