नवज्योति कपको उपाधि बुद्धशान्तिलाई

screenshot 20230221 204630 messenger

बुद्धशान्ति- बुद्धशान्तिले न्यू स्टारलाई ३-० गोलान्तरले हराउँदै नवज्योति फुटबल कप २०७९को उपाधि हात पारेको छ।


आज सम्पन्न फाइनल खेलमा आयोजक समेत रहेको नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको हो । 

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्तिको जितमा जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० लगाएर मैदान उत्रिएका आयुश राईले समान एक एक गोल गरे । 
स्थानीय नवज्योति आधारभुत विद्यालयको खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको बुद्धशान्तिले खेल शुरु भएको २ मिनेटमै पहिलो गोल ग¥यो ।
बिपक्षी टिमका गोलरक्षक अघि बढेको मौकालाई सदुपयोग गर्दै बुद्धशान्तिका अनुज भट्टराईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । १ गोलको अग्रता लिएको बुद्धशान्तिले खेलको ४० औँ मिनेटमा पुन अर्को उत्कृष्ट गोल ग¥यो । जुन गोल प्रशान्त लिम्बुले गरेका हुन् ।
यसबिचमा आयोजकले पनि गोल गर्नका लागि थुप्रै मौका पाएको थियो । तर मौकाको सदुपयोग भने गर्न सकेन । अन्तत खेलको ६० औँ मिनेटमा बुद्धशान्तिका आयुश राईले पुन अर्को गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित पारे । जससगैँ बुद्धशान्तिले सानदार जितका साथ उपाधि उचाल्यो । 
उपाधिसगैँ बुद्धशान्तिले नगद ८१ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा सिमित बनेको आयोजकले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । 
आजको फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका लागि पहिलो गोल गर्न सफल अनुज भट्टराई घोषित भए । उनले मेडल प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमकै आयुश राई घोषित भए । उनले सर्वाधिक ३ गोल गर्दै बेस्ट स्कोरर अवार्डको रक्षा गरेका हुन् । 
प्रतियोगिताको म्यान अफ द सिरिजको अवार्ड पनि विजेता टिमकै विशाल दर्जिले प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोल रक्षकको अवार्ड आयोजक टिमका गोल रक्षक देवन भुजेलले हात पारेका छन् । 
प्रदेश सांसदको प्रमुख आतिथ्यता 
आजको फाइनल खेलमा प्रदेश १ का प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । खेलाडीहरुलाई शुभकामना दिदैँ प्रदेश सांसद तामाङले झापालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरुको पनि प्रमुख भुमिका रहेको बताउनुभयो । 
उहाँले नवज्योति युवा क्लबको भवन निर्माणका निम्त्त प्रदेश सरकारबाट हुने सहयोगका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । फाइनल खेलमा मेचीनगर ४ का वडाअध्यक्ष अर्जुन कार्की, मेचीनगर ३ का अध्यक्ष हर्क बस्नेत, २ का अध्यक्ष दिपक बराल लगायतको आतिथ्यता रहेको थियो ।
क्लब ३० औँ बर्ष प्रवेशको अवशरमा आयोजना गरिएको प्रतियोगिता भव्य रुपमा समापन भएको क्लबका अध्यक्ष सुमन थापाले बताउनुभएको छ । गत माघ २८ गतेबाट शुरु भएको प्रतियोगिताको हरेक खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *