नाइजेरियामा सडक दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु

अबुजा- नाइजेरियाको मध्य क्षेत्रमा भर्खरै सडक दुर्घटनाहरूमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ र ७३ भन्दा बढी अन्य घाइते भएका छन् ।

पन्कासिन स्थानीय सरकारी क्षेत्रको आपतकालीन व्यवस्थापन समितिका प्रमुख जोन डासरले विवाह समारोहबाट फर्कने क्रममा करिब १९ जनाको मृत्यु भएको र ११ जना नराम्ररी घाइते भएको बताए ।

EPIC EPIC EPIC

डासरका अनुसार बिवाह जात्रा बोकेको बस चट्टानी बाटोमा हिड्ने क्रममा पल्टिएको हो । दुर्घटनापछि एक्कासी आगलागी हुँदा गाडीमा सवार यात्रुलाई चिन्नै गाह्रो भएको थियो । म्गलबार राति कोगी प्रदेशको राजधानी लोकोजामा आर्टिक्युलेट सवारीसाधन दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोगी राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का सेक्टर कमाण्डर स्यामुएल ओयेडेजीले घटना तीव्र गतिको कारण भएको हो ।

ओयेडेजीले सवारी दुर्घटनाबाट बच्न सधैं ट्राफिक नियम पालना गर्न सवारी चालकलाई आग्रह गरे ।

देशको मध्य क्षेत्रको अर्को राज्य नाइजरको क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । (सिन्ह्वा)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *