नागरिकको स्वास्थ्यमा चासो दिँदै बुद्धशान्ति

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्दै गएको छ । गाउँपालिकाले पालिका भित्रका नागरिकका निम्ति स्वास्थ्य सम्बन्धि गरेका प्रयासलाई गाउँपालिका अध्यक्षको सचिवालय मार्फत सार्वजनिक गरेको छ ।

पालिकाले बुद्धशान्तिका नागरिक अस्वस्थ भई उपचाररत रहेको अवस्थामा रगत आवश्यक परेको खण्डमा झापाका जुनसुकै अस्पताल तथा ब्लड बैंक मार्फत नेपाल रेडक्रस सोसाइटी झापासंगको समन्वयमा बुद्धशान्ति गाउँपालिकाबाट नि:शुल्क रगतको ब्यवस्थापन गर्दै आएको बताइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै बुद्धशान्तिका स्वास्थ्य इकाईहरुमा चेकजाँच गराइएका गर्भवती महिलालाई सन्तान जन्माउन बुद्धशान्तिबाट झापाका जुनसुकै अस्पतालसम्म जानका निम्ति निशुल्क एम्बुलेन्सको ब्यवस्थापन (एम्बुलेन्स प्रयोग गरे बापतको लाग्ने शुल्क उपलब्ध ) गराउँदै आएको छ ।

यसका साथै बुद्धशान्तिका नागरिकका निम्ति झापाका जुनसुकै अस्पताल तथा घटनास्थल बाट बुद्धशान्ति शव ल्याउन वा बुद्धशान्ति बाट पोस्टमार्टमका निम्ति शव लैजान र ल्याउन नि: शुल्क शव वहानको ब्यवस्थापन गर्दै आएको अध्यक्षको सचिवालय मार्फत जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *