बुद्धशान्ति(झापा) । सामाजिक कार्यमा सक्रिय युवाको संगठन दारी ग्याङ झापा पछिल्लो समय सामाजिक कार्यमा अग्रसर हँुदै आएको छ । करिब ७ वर्ष अघिबाट सामाजिक कार्यमा सक्रिय दारी ग्याङले समाजका विभिन्न सामाजिक गतिविधि, युवाहरुको व्यक्तित्व तथा क्षमता अभिवृद्धि, रक्तदान, सरसफाई, सहयोग लगायतका कार्यमा योगदान पु¥याउँदै आएको छ ।
यसैक्रममा झापाको बुद्धशान्ति गाउँपालिकामा लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामुलक कार्यक्रमलाई तीब्रता दिएको छ । केहीदिन अघिमात्रै बुद्धशान्तिको तीन स्थानमा लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामुलक कचहरी नाटक मञ्चन सम्पन्न गरेसंगै सोमबार साँझ फेरी बुद्धशान्तिको दुई स्थान बुद्धशान्ति ७ को मोदी डाँडा र बुद्धशान्ति ४ को हापिन चोकमा प्रोजेक्टरको माध्यमबाट नाटक देखाइएको छ ।
दारी ग्याङ झापाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग एवम् परिवर्तन थिएटर काकडभिट्टाको नाटक मञ्चन र सेम्पल एजुकेसन टेक्निकल बुद्धशान्तिको प्राविधिक सहयोगमा नाटक देखाइएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताएका छन् ।
नाटकमा युवा पुस्ता जानी नजानी कसरी लागूऔषतको दलदलमा फस्छन् भन्ने कुरा देखाइएको थियो । र यस्ता दुव्र्यसनीमा समाज र घरपरिवारले आफ्ना छोराछोरीलाई कसरी सुरक्षीत राख्ने भन्ने कुरा पनि नाटकले सचेत गराएको थियो । कार्यक्रमको संयोजन दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले गरेका थिए ।