नारामा सिमित हुँदै बुद्धशान्ति गाउँपालिकाको सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा ।

पालिका सन्देश । बुद्धशान्ति गाउँपालिकाले निकै लोकप्रिय कार्यक्रमको रुपमा गाउँपालिका क्षेत्रका महिलाहरुलाई सुत्केरी गराउन अस्पताल सम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने आफ्नो निति तथा कार्यक्रममा घोषणा गरेको थियो । सोहि अनुरुप आ.ब. २०८०।८१ को बजेटमा यस कार्यक्रममा लागि ५ लाख विनियोजन समेत भयो । तर आज लगभग तीन महिना वितिसक्दा एक जनाले पनि यो सुविधा उपयोग गर्न पाएका छैनन् ।

हाल सम्म यो सुविधा लिनका लागि बुद्धशान्ति ४ बाट एउटा आवेदन आएता पनि यो कार्यक्रम संचालन गर्ने कार्यविधि नबन्दा सुविधा प्रदान गर्न नसकिएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले बताए । उनले भने, यस कार्यक्रमका लागि बजेट छट्याएको भएता पनि एक जनालाई कति रकम भक्तान गर्ने, एक तर्फी यातायात खर्च दिने कि दवै तर्फको दिने, यातायात खर्चको दर कति कायम गर्ने स्पष्ट छैन । समग्रमा यस कार्यक्रमलाई दीर्घकालिन रुपमा संचालनका लागि कार्यविधि बनाउने पर्नेमा सो बनिनसकेकाले सेवा प्रदान गर्न नसकिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

यादवका अनुसर अब बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफलका लागि आफूले पहल गरिरहेको र त्यस कार्यपालिका बैठकले यस विषयमा दीर्घकालिन निकास दिनेछ भन्नेमा आफूँ पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

यो सेवा उपयोग गर्नका लागि आवेदन दिएका व्यक्तिले भने आफूले सुत्केरी गराउन अस्पताल लगेबापतको एक तर्फी एम्बुलेन्स भाडाको बिल शाखामा बझाएको र शाखाले भने कार्यालयमा आवश्यक छलफल गरि दशैं पछि सम्पर्क गर्न भनेको बताए । गाउँपालिका बिल लिएर जाने सबैलाई सहज नहुन सक्छ, त्यसैले गाउँपालिकाले नै एम्बुलेन्स सँग समन्वय गरि सोझै एम्बुलेन्सलाई रकम दिदाँ सहज हुने उनले बताए ।

अन्य पालिकाले कसरी संचालन गर्दैछन् निशुल्क एम्बुलेन्स सेवा ?

देश भरका विभिन्न पालिकाहरुले आफ्ना नागरिकहरुको सहजता तथा विपन्न नागरिकहरुको अस्पताल सम्मको पहुँच सुनिश्चितताका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छन् ।

यस मध्ये काठमाडौं महानगरपालिकाले कल सेन्टर नै स्थापना गरि नगर क्षेत्रमा आफ्ना नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । नागरिकले कल सेन्टरमा आफ्नो स्वास्थ्य समस्या बताए पछि कल सेन्टरले नै नागरिकले बताएको स्थान सम्म एम्बुलेन्स पठाउने गर्दछ । महानगरले सम्भव भए सम्म आफ्नै एम्बुलेन्स नभए अन्य एम्बुलेन्स पठाउने र सोको रकम सोझै एम्बुलेन्स सेवा प्रदायकलाई भुक्तानी दिने गर्दछ ।

यस्तै धनगढी उपमहानगरपालिकाले समेत कल सेन्टर स्थापना गरि नागरिको आवश्यकता अनुसार एम्बुलेन्स, फोहोरमैला व्यवस्थापनको गाडी, सर्प व्यस्थापन जस्ता सेवाहरु आफ्ना नागरिकलाई निशुल्क प्रदान गर्दछ ।

बुद्धशान्ति गाउँपालिकाको एक मात्र एम्बुलेन्स प्रयोग बिहिन ।

शान्तिनगर स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स बुद्धशान्ति गाउँपालिकाको स्वामित्वमा रहेको एक मात्र एम्बुलेन्स हो । नेपाल सरकारले १० वर्ष पुराना एम्बुलेन्सहरुको नविकरण नगर्ने निति बनाए सँगै सो एम्बुलेन्स सेवा लामो समय देखि बन्द रहेको छ । केहि समय अघि शान्तिनगर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको दरवन्दी कम भएको र यो क्षेत्र भौगोलिक आधारमा बुधबारे बजार भन्दा टाढा भएकाले यस क्षेत्रका लागि एम्बुलेन्स व्यवस्थापन गर्नुपर्ने माग सहित शान्तिनगरका स्थानीयले आन्दोलन नै गरेका थिए ।

गाउँपालिकाले समेत एम्बुलेन्स खरिद गर्नका लागि यस आ.ब. मा ११ लाख बजेट विनियोजन गरेको भएता पनि हाल सम्म पनि खरिद गरेको छैन । एम्बुलेन्स जस्तो अतिअवश्यक वस्तु खरिदमा ढिलाइ हुनुले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा संवेदनशीलता माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

suraj-dangal

सुरज दंगाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *