निद्रामै प्रशान्त तामाङ संसारबाट बिदा भएको श्रीमती मार्थाको खुलासा

काठमाडौँ । लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ का विजेता एवं चर्चित अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको छ। उनकी श्रीमती मार्था एलेले प्रशान्तको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन्।

भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै मार्थाले तामाङको निधनपछि विश्वभरबाट प्राप्त समर्थन र समवेदनाप्रति आभार व्यक्त गरिन्। “संसारभरबाट फोन आइरहेका छन्, चिनेजानेका मात्र होइन, नचिनेका मानिसहरूले पनि फूल पठाइरहेका छन्। मानिसहरू घरबाहिर र अस्पतालमा अन्तिम दर्शनका लागि आइरहेका छन्,” उनले भनिन्। प्रशान्तलाई एक महान् आत्मा र असल मानिसको रूपमा सम्झिरहन आग्रह गर्दै उनले पहिलेझैँ माया गरिरहन सबैलाई अनुरोध गरिन्।

EPIC EPIC EPIC

अचानक कम उमेरमै भएको निधनबारे सामाजिक सञ्जालमा भइरहेका विभिन्न अड्कलबाजीलाई स्पष्ट पार्दै मार्थाले कुनै पनि शंकास्पद अवस्था नरहेको बताइन्। उनले भनिन्, “यो प्राकृतिक मृत्यु हो, उहाँ निद्रामा नै हामीबाट टाढा हुनुभयो। म त्यही बेला उहाँकै छेउमा थिएँ।”

यसैबीच, दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको ठोस कारणबारे केही भन्न गाह्रो हुने बताए। उनका अनुसार आइतबार दिउँसो ३:१० बजे दिल्लीको माता चानन देवी अस्पतालले प्रशान्त तामाङलाई मृत घोषणा गरेको थियो। घटनापछि प्रहरीको अपराध अनुसन्धान र फरेन्सिक टोलीले तामाङको निवासमा पुगेर आवश्यक प्रमाण सङ्कलन गरेको छ। शवलाई पोस्टमार्टमका लागि दीनदयाल उपाध्याय अस्पताल पठाइएको छ।

सन् १९८३ जनवरी ४ मा दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले पश्चिम बंगाल प्रहरीको ‘पुलिस अर्खेस्ट्रा’ बाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए। सन् २००७ मा इन्डियन आइडल जितेपछि उनी दक्षिण एसियाली क्षेत्रमै चर्चित बनेका थिए। उनले गायनका साथै नेपाली सुपरहिट चलचित्र ‘गोर्खा पल्टन’ सहित दर्जनौँ फिल्ममा मुख्य अभिनेताका रूपमा अभिनय गरेका थिए। उनी हाल दिल्लीको रघुनगरमा पत्नी र छोरीसँगै बस्दै आएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *