निर्वाचन आउन ६७ दिन बाँकी : एक करोड ८९ लाख मतदाता, २३ हजार ११२ मतदान केन्द्र

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो ।

प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

EPIC EPIC EPIC

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो ।

विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या पाँच लाख २२ हजार ५५२, महिला मतदाताको सङ्ख्या तीन लाख ९२ हजार ५५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदातास्थलमा २३ हजार ११२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८८५ वृद्धि भएको छ ।

२३ हजार ११२ मतदान केन्द्र

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको छ । शनिवार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आयोगले देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यसपटकको निर्वाचनमा देशभर कुल १० हजार ९६७ मतदान स्थल कायम गरिएको छ । ती स्थलहरूमा २३ हजार ११२ वटा मतदान केन्द्र रहनेछन् । मतदाताको सङ्ख्यामा वृद्धि भएसँगै आयोगले मतदान गर्ने पूर्वाधारमा पनि विस्तार गरेको छ ।

वि.सं. २०७९ मा सम्पन्न निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्रको सङ्ख्या उल्लेख्य रूपमा बढाइएको छ । आयोग अनुसार २०७९ को तुलनामा यसपटक ७५ वटा मतदान स्थल थपिएका छन् भने मतदान केन्द्रको सङ्ख्या ८८५ ले वृद्धि भएको छ । मतदाताले आफूलाई पायक पर्ने र नामावलीमा तोकिएको केन्द्रबाट मतदान गर्न पाउनेछन् ।

आयोगले तय गरेको यी २३ हजार ११२ केन्द्रबाट १ करोड ८९ लाख तीन हजार ६८९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । आयोगले २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदाता कायम गरी अन्तिम नामावली प्रकाशन गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *