युवाहरु दुर्व्यसन मुक्त हुँदै धार्मिक आचरणमा रही सेवामुखी बनाउँदै सामाजिक काम गरि रहेको श्री कृष्ण प्रणामी युवा परिषद नेपालको आयोजनामा आज कचनकवलमा नि:शुल्क आँखा सिविर सञ्चालन भएको छ ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा कचनकवल २ स्थित लक्ष्मी प्रसाद देवकोटा मा.वि. सुकुनाडिकीमा भएको शिविरमा ३९७ सेवाग्राहीले सेवा लिएका छन्। जसमा २९ जना बिरामीको मोतियाबिन्दुको सल्यक्रिया गर्नु पर्ने भएकाले मेची आँखा अस्पताल भर्ना भएका छन् भने अन्यले नि:शुल्क औषधि तथा न्युन शुल्कमा चस्माको लाभ समेत लिएका छन्।
आयोजक कचनकवल प्रारम्भिक समितिका अध्यक्ष नविन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति परिषदका जिल्ला अध्यक्ष टहलदास ओली, विशिष्ट अथिति कचनकवल गाउँपालिकाका कार्यवाहक अध्यक्ष भारत राजवंशी एवं मेची अस्पतालका चिकित्सक टोलि प्रमुख होम प्रसाद धिताल हुनुहुन्थ्यो। जिल्ला सह-सचिव उमेश मिश्रले संचालन गर्नु भएको कार्यक्रममा वडा नं २ वडा अध्यक्ष लेखनाथ खत्री, बाइजुराज अध्यक्ष मिरा अधिकारी, सेवा समिति पूर्व उपाध्यक्ष वेदनिधि भट्टराई सामाजिक व्यक्तित्व प्रकाश उप्रेती लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो भने उपस्थितिमा समितिका सदस्य दिपक पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो।











One Response
Very good!