निष्ठुरी साथी !
हिजो सम्म सङ्गै बस्यौं छुट्ने भयौं आज
फेरि तिमी जाने भयौ त्यही बैरीको माझ
सबैभन्दा मनपर्ने प्रिय तिमी मेरा
नेपालका डाँडाकाँडा हिमालहरु हेर.
मन कसरी मान्छ तिम्रो हामीलाई छोडी जान
यहाँ जस्तो पाउनेछैनौ तिमिले त्यहाँ सम्मान
सम्झ तिमी पहिलेका नेपाली आँटी
देश बचाउन तयार हुन्थे थापी आफ्नो छाती
यहाँ बसे पाउछौ तिमी हामी सबको माया
त्यहाँ मात्र पाउनेछौ बैरीको छायां
थाहा छैन पर्देशमा के गर्ने हौ काम
खान पाउने छौ कि छैनौ दुई छाक माम
धेरै सोझा नेपालीलाई विदेशले किन्यो
भएको त्यो आँट मिहिनेत सबैनै छिन्यो
जान लाग्यौ पर्देश तिमी धन कमाउने आशमा
देशकै याद दबाएर आफ्नो हरेक साशमा
भन्थ्यौ तिमी मानिसको कुनै मुल्य हुन्न
नेपालीको स्वभिमान पैसामा बिक्न हुन्न
थाहा छैन पुर्खाबाट क किरा सिक्यौ
दासी भइ आज फेरि परदेशमै बिक्यौ
धन त गरे यहीँ छ हाम्रो आफ्नै देशमा
विदेश जानू भन्दा बरु खट आफ्नै खेतमा
हिजोसम्म सङ्गै बस्यौं छुट्ने भयौं आज
फेरि तिमी जाने भयौ त्यही बैरीको माझ।।।।।
रुपा कडरिया
बर्ने, बुद्धशान्ति ४
झापा