हुम्ला, सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग हुम्लाको पालिकाको भागबण्डा नमिलेपछि एकीकृत समाजवादी र एमालेले तालमेल गरेका छन्।
तालमेलपछि गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमार शाही उम्मेदवार बनेकी छन् भने नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् ।
एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैन ।
नेपालि कांग्रेस र माओवादीले पनि तालमेल गरेका छन्।
चंखेली माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।