नेपाल र भारतका सयौँ राजवंशीहरूको उपस्थितीमा राजवंशी समाज विकास झापा जिल्ला समिति गठन

नेपाल र भारतका सयौँ राजवंशीहरूको उपस्थितीमा राजवंशी समाज विकास झापा जिल्ला समिति गठन

दिपेश राजवंशी। राजवंशी समुदायको पहिचान जोगाई राख्न झापामा भारत र नेपालका सयौ राजवंशी समुदायका व्यक्तित्वहरूको उपस्थितीमा राजवंशी समाज विकास जिल्ला समिति गठन गरिएको छ । राजवंशी समाज विकास समितिको झापा जिल्ला अधिवेशनले शनिबार १७ सदसिय समिति सर्वसम्मत चयन गरेको छ ।

नव निर्वाचित समितिको अध्यक्षमा नौतली राजवंशी, उपाध्यक्षमा प्रविण राजवंशी र विनिता राजवंशी, सचिव देवचरण राजवंशी, कोषाध्यक्ष बैजनाथ राजवंशी, सहसचिव कृष्णकली राजवंशी चयन हुनुभएको छ त्यस्तै सदस्यहरूमा सुषमा राजवंशी, तिर्थ राजवंशी, दुर्गाचरण राजवंशी, पद्म राजवंशी, जितनलाल राजवंशी, चानवती राजवंशी, दिपेश राजवंशी, टेनुलाल राजवंशी, हरदेव राजवंशी, सविना राजवंशी र रूपक राजवंशी चयन हुनुभएको निर्वाचन समिति संयोजक प्राज्ञ पवन राजवंशीले जानकारी दिनुभयो । झापाको कन्काइ नगरपालिका वार्ड १ स्थित कोच राजवंशी संग्रहालय घैलाडुबाको भवनमा झापाका १५ वटै पालिकाका ३ सय बढि र भारत दार्जिलिङ डिस्ट्रिकका एक सय ५० राजवंशी समुदायका व्यक्तित्व तथा भारत कुच बिहारका राजवंशी समुदायका राजा माहा राजा श्री श्री अनन्त रायका ५० जना नारारयणी सेनाहरूको उपस्थित रहेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

नेपाल आदिवासी जनजाति महासंघ परिषद् सचिवालय काठमाडौ उपमहासचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राजवंशी समाज विकास समिती झापा जिल्ला अधिवेसन आयोजक समितिका संयोजक नौतली राजवंशीले अधिवेसनको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा झापा जिल्लाका विभिन्न क्षेत्रमा समाजसेवाका क्रममा जग्गादान गर्नुभएका कचनकवल, बाह्रदशी र बिर्तामोड नगरपालिकामा जग्गादान दिने जग्गादाताहरूलाई सम्मान गरिनका साथै उहाहरूको वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रमकै बिच गायक प्रमोद राजवंशी, राम राजवंशी, गायिका पिंकि राजवंशी, उर्मिला राजवंशीको स्वर, संगीतकार गंगा राजवंशीको संगीत र राजासाहेब राजवंशीको शब्द रचना रहेको राजवंशी भाषाको राष्ट्रिय गान पनि बिमोचन गरिएको राजवंशी समाज विकास सहितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो ।

यसै बिच आफ्नो विधार्थी जिवनदेखि नै राजनीतिमा सक्रिय रहेका नेकपा एमालेका युवा नेता, एमाले अध्यक्ष केपिशर्मा ओलीका पुर्व स्वकिय सचिव असारू राजवंशीलाई पनि उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा भारतबाट आएको सुपरना नाचोनी गुस्टी नामक नृत्य टोलिले एकैपटक १३० जनाको सामुहिक स्वागत नृत्य प्रस्तुत गरेको www थियो । साथै कार्यक्रममा विभिन्न जातिय सांस्कृतिक नाच गानहरू पनि प्रस्तुत गरिएको थियो । राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन दिपेश राजवंशीले गर्नुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *