कचनकवल। गितसंगितमा आफ्नो भविष्य देखिरहेका कचनकवलका गौरब युवा दिपक सापकोटा( दिपक भान्जा ) यतिबेला गायन रियालिटि शो नेपाल सिङ्गिङ् सुपरस्टार शोको टप १६ प्रतिस्पर्धी बन्न पुगेका छन्।
दक्षिणी झापाको कचनकवल गाउँपालिका घर भएका दिपक सापकोटाको संगित प्रति समर्पणकै कारण टप १६ प्रतिस्पर्धी भएका छन्।
स्रोता–दर्शकसामु चिनिन र संगीतलाई अझ नजिकबाट नियाल्न आफूले रियालिटी शोमा सहभागिता जनाएको दिपक बताउछन् । “स्रोता–दर्शकले चिनुन् भन्ने नै इच्छा हो । अर्को कुरा; त्यसमा मैले मेरो प्रतिभा पनि प्रत्यक्ष रूपमा देखाउन पाएको छु । टप कम्पिटिसन हुन्छ त्यहाँ । रियालिटी शोमा आउनुको मुख्य अर्को कारण चाहिं मेरो मन पर्ने गायकद्वय जजको रूपमा त्यहाँ हुनुहुन्छ,” दिपक भन्नुहुन्छ ।
त्यसो त दिपक आफू पनि गीतकार तथा संगीतकार समेत हुनुहुन्छ । लकडाउनको समयमा चार वटा गीत लेखेर कम्पोज गरेको उहाँ सुनाउनुहुन्छ ।
दिपकको आवाज रहेको ‘घर फिर्नु कसरी’, उहाँको शब्द संगीतमा निशान भट्टराईको आवाज रहेको ‘कहानी एकादेशको’ सार्वजनिक भइसकेको छ भने प्रताप दासको आवाजमा रहेको ‘बाँसको जरा तामा’ बोलको गीत यही महिनाभित्र आउने तयारीमा रहेको छ ।
उहाँले स्रोता–दर्शकमाझ भोटको लागि अपिल समेत गर्नुभएको छ । सुपरस्टार सिङ्गरमा अरू अगाडि पुर्याउने जिम्मा स्रोता–दर्शकको भएको भन्दै उहाँले भन्नुभएको छ, “मेरो भविष्य स्रोता दर्शककै हातमा छ । ओएसआर कनेक्टको एप्लिकेसन डाउनलोड गरि र विदेशबाट KHALTI.COM मार्फत मलाई भोट दिनुहुन आग्रह गर्दछु ।”



















