नेपालको सार्वजनिक ऋण साढे २६ खर्बमाथि उक्लियो

झापा / नेपालको सार्वजनिक ऋण साढे २६ खर्बमाथि उक्लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०८२ सम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको हो । वैशाखसम्म २६ खर्ब २२ अर्ब ४० करोड थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ ।

यो अवधिमा विनिमय दरमा आएको उतार चढावका कारण ७३ अर्ब २ करोड ५८ लाख ऋणभार थपिएको छ । यो अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ । यसरी ११ महिनामा खुद ऋण वृद्धि २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको छ । गत आव असार मसान्तसम्म ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो ।

EPIC EPIC EPIC EPIC EPIC

११ महिनामा आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा २२.३१ प्रतिशत हो । वाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ । यो जीडीपीका आधारमा २४.२३ प्रतिशत हो । कुल सार्वजनिक ऋण भने जीडीपीका आधारमा ४३.४७ प्रतिशत हाराहारी पुगेको छ ।

कति पुग्यो सार्वजनिक ऋण ?

आन्तरिक : १२ खर्ब ७२ अर्ब

वाह्य : १३ खर्ब ८२ अर्ब

कुल : २६ खर्ब ५४ अर्ब

नेपाली मुद्रा कमजोर हुँदा थपिँदै ऋणभार

नेपाल सरकारले विदेशी मुद्रामा लिएको ऋण सोही मुद्रामा तिर्नुपर्छ । सोहीकारण नेपाली मुद्रा कमजोर हुँदा त्यसले ऋणभार समेत बढाइरहेको कार्यालयले जनाएको छ ।

३० असार २०८१ (असार मसान्त) सम्म १ अमेरिकी डलरको मूल्य १ सय ३४ रुपैयाँ रहेको थियो । ३२ जेठ २०८२ आइपुग्दा अमेरिकी डलर बलियो बनेर १ बराबर १ सय ३८ रुपैयाँ पुगेको छ । यसले सार्वजनिक ऋणभार ७३ अर्ब २ करोड रुपैयाँले बढाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *