Search
Close this search box.
Search
Close this search box.

नेपालले चिनिया कम्पनीलाई दिएको काठमाडौं-तराई एक्सप्रेस ठेक्काको म्याद थपियो

screenshot 20230421 144530 chrome
काठमाडौं। नेपाली सेनाले चिनियाँ कम्पनीलाई दिएको काठमाडौं तराई एक्सप्रेस राजमार्गको म्याद थप गरिएको छ । नेपाली सेनाको प्रस्तावमा नेपाल सरकारले म्याद थप गरेको छ । सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले यसको पुष्टि गरेकी छन् ।

गत वैशाख ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्रुतमार्गको निरीक्षण गरेपछि सेनाको आग्रहमा मन्त्रिपरिषद्ले निर्माण कार्यको म्याद थपेको थियो । सरकारका प्रवक्ता सूचना मन्त्री रेखा शर्माले बिहीबारको म्याद थप गरिएको बताइन् । अब निर्माणको लागि अन्तिम म्याद २०८३ बैशाखसम्म रहेको उनले बताइन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले २२ प्रतिशत काम सकिएको जानकारी दिए । बाँकी काम पूरा गर्नुपर्छ उनले भने।

आयोजनाको निर्माण प्रक्रिया  २०७४मा सुरु भएको थियो र २०७७ मा सम्पन्न गर्ने योजना थियो तर पटकपटक म्याद थपिएको आएको थियो । सेनाले ११ प्याकेजमा ठेक्का दिने र निर्माण सुरु गर्ने योजना बनाएको छ । तर, अहिलेसम्म ७ वटा मात्रै ठेक्का पाएका छन् । यी सबै चिनियाँ कम्पनी हुन् । यी बाहेक अझै चारवटा बाँकी छन् । यसअघि निर्माण २०८१ कार्तिकसम्म असम्पन्न गर्ने गरी १७५ अर्ब नेपाली रुपैयाँको ७२ दशमलव ५ किलोमिटर एक्सप्रेस हाइवे आयोजनाको लागत पनि बढ्नेछ।
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *