नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हरायाे, कुशल भुर्तेलकाे ‘अलराउन्ड’ प्रदर्शन

काठमाण्डाै – एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जाेराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका माेहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

EPIC EPIC EPIC

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

प्रतियाेगितामा नेपालकाे याे पहिलाे जित हाे । नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ र दाेस्राे खेलमा भारत ‘ए’ सँग पराजित भएकाे थियाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च