नेपाली जनताले बलिदानबाट संघीय लोकतन्त्र ल्याए – राष्ट्रपति पौडेल

सोलु। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले संघर्ष र बलिदानबाट प्राप्त गरेको उपलब्धि भएको बताएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले यो व्यवस्थाले नागरिकलाई शासनमा बसेर गल्ती गर्नेहरूलाई दण्डित गर्ने अधिकार दिएको उल्लेख गरे। नागरिक नै सार्वभौमसत्ताका मालिक भएकाले यसको सुदृढीकरणमा सरकार, राजनीतिक दलहरू तथा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो।

उनले स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणाली जनताको चाहना र समयको माग भएको बताए। इतिहासले प्रमाणित गरेजस्तै नेपाली जनताले १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था वा सक्रिय राजतन्त्र कुनै पनि निरंकुश प्रणाली स्वीकार नगरेको उनले स्मरण गराए। संघीय लोकतान्त्रिक गणतन्त्र सहज रूपमा प्राप्त नभई हजारौं नागरिकको संघर्ष, त्याग र बलिदानबाट सम्भव भएको उनले जोड दिए।

EPIC EPIC EPIC EPIC EPIC

सभामुखका रूपमा पूर्वी पहाडमा पैदल यात्रा गरी जनतासँग प्रत्यक्ष भेटघाट गरेको अनुभव सुनाउँदै उनले टिम्बुरबोटेको ओडारमा भिज्दै हिँडेको स्मरण गरे। टिम्बुरबोटे २०४१ सालमा प्रजातान्त्रिक योद्धाहरूको हत्या भएको स्थान हो भन्ने उल्लेख गर्दै उनले युवाहरूको विदेश पलायन रोक्न शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारी तथा स्थानीय उत्पादनमा केन्द्रित नीति आवश्यक भएको बताए। समृद्ध राष्ट्र निर्माणका लागि विगतका गल्तीबाट पाठ सिकेर अघि बढ्न उनले सबैलाई आग्रह गरे।

संघीयताको सफल कार्यान्वयनका लागि तीन तहका सरकारहरू सक्रिय भएको बताउँदै उनले सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुगेको उल्लेख गरे। संविधानको मर्मअनुसार स्थानीय सरकारले जिम्मेवार बनेर काम गर्नुपर्नेमा उनको जोड थियो। कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योगलाई आर्थिक विकासका प्रमुख आधारका रूपमा चित्रण गर्दै उनले सोलु र दूधकोशी नदी क्षेत्रका जलविद्युत आयोजनाले देशको अर्थतन्त्रलाई सबल बनाउने विश्वास व्यक्त गरे।

सगरमाथा क्षेत्रको पर्यटन, पर्वतारोहण तथा साहसिक खेलहरूले आर्थिक समृद्धिमा टेवा दिएको उल्लेख गर्दै उनले अपर सगरमाथा मार्ग निर्माणका लागि गरेको प्रयास सम्झिए। डोल्पाको दुनैदेखि पूर्वी पहाडसम्म सडक विस्तार भइसकेको बताउँदै उनले विगतमा नुन र तेल बोकेर हिँड्नुपरेको कठिनाइ अब इतिहास बनेको बताए। बहुदलीय लोकतन्त्रले मुलुकमा परिवर्तन ल्याएको स्मरण गर्दै उनले प्राप्त उपलब्धिहरू नबिर्सन आग्रह गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *