नेपाली पब्जी टिम एसियाली खेलकुदको दोस्रो चरणमा

 एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ ।

आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो । 
समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए । जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो ।

EPIC EPIC EPIC

समूहमा शीर्ष स्थान दक्षिण कोरियाले हात पार्‍यो । नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो ।

नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो । अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च