मनिष बराल। “दृष्टि जोगाऔँ, अन्धोपन हटाऔं” भन्ने नाराका साथ नेपाल विद्यार्थी संघ, जिल्ला समिति झापाको आयोजना तथा काँकरभिट्टा आई केयर सेन्टर प्रा.लिको प्राविधिक सहयोगमा आज दक्षिणी झापाको कचनकवल गाउँपालिका, वडा नं ७ को वडा कार्यालयको प्राङ्गणमा एक दिवसीय नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

कचनकवल गाउँपलिकाका अध्यक्ष कालेन्द्र राजवंशी प्रमुख अतिथि रहेका उक्त शिविरमा उपस्थित भएका जम्मा २१५ जना लाभग्राी मध्ये ७४ जनाको शल्यक्रिया, ५७ जनाको मोतिबिन्दु, १४ जनाको मासु पलाएको, ३ जनाको नेत्रनलीमा समस्या भएको र बाँकीमा सामान्य उपचार सम्पन्न गरिएको कुरा उक्त कार्यक्रमका संयोजक एवम् नेवि संघ जिल्ला समिति झापाका सह-सचिव समेत रहेका मनिष दाहालले जानकारी दिए ।

यस अघि पनि यसैगरी झापाका विभिन्न पालिकाहरुमा उक्त शिविर सञ्चालन गरिएको र विद्यार्थी तथा समाजिक क्षेत्रमा नेवि सघंले भावी दिनहरूमा पनि यस्ता किसिमका सामाजिक कार्यक्रमहरु सञ्चालन गरिरहने कुरा उनले बताए ।