नेविसंघ केन्द्रीय तदर्थ समितिमा १० जना डाक्टर

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन् । २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्।

जसमा कैलाली निवासी डा नरेश भट्ट, ललितपुर निवासी डा सन्तोष उपाध्याय, सुनसरी निवासी डा सुप्रुद्यन यादव, धनुषा निवासी डा ज्योति साह रौतहट र निवासी डा रितेश चिमौरीया नेविसंघ केन्द्रीय सदस्य बनेका छन्।

EPIC EPIC EPIC

काभ्रे निवासी डा वीरेन्द्र तिमिल्सिना, स्याङ्जा निवासी डा सागर काफ्ले, बागलुङ निवासी डा सुलभ आचार्य र रुपन्देही निवासी डा गङ्गा चौधरी पनि नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

कैलालीका डा भट्ट काठमाडौँ विश्वविद्यालय मेडिकल साइन्सेसका नेविसंघ इकाई र स्ववियुका पूर्व अध्यक्ष हुन्। उनले चिकित्सा शिक्षा शास्त्र सङ्घर्ष समिति संयोजक तथा प्रवक्ताका रुपमा अतिरिक्त शुल्कविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए। अन्य केन्द्रीय सदस्य पनि मेडिकल क्षेत्रबाटै केन्द्रीय सदस्यमा आएको बुझिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *