नौबहिनी गाउँपालिकामा पहिरो जाँदा दुई घर र चार गोठ बगायो

अबिरल बर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशको नौबहिनी गाउँपालिका–७ का बिभिन्न बस्तीमा क्षति पुर्याएको छ ।

वडा नं ७ को सुर्दिप, मैरामारे, गोगनपानी लगाएत बस्तीमा पहिरोले स्थानियको घरगोठ बगाएको हो । गएराती आएको पहिरोले वडा नं ७ मा दुई घर र ४ गोठ बगाएको नौबहिनी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रोम प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

पहिरोले वडा नं ७ को पातचौरमा स्थानिय अर्मित रोकाको घर बगाएको छ । पहिरोले सुर्दिप गाउँमा कुमार बुढाथोकीको घर बगाएको र कबिराम बुढाथोकीको घर उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।

यस्तै गोगनपानीमा स्थानिय हिरा बहादुर पुन बिटालुको थारो पहिरोले पुरेको छ । मैरामारेका दिल बहादुर रानाको थारो पहिरोले बगाएको गर्मिजामा थारो पहिरोले बगाउका च्यापियर ४ वटा बाख्रा मरेको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

अबिरल बर्षापछि पहिरो जादा नौबहिनी गाउँपालिका वडा नं ७ मा गएरातीदेखी बिद्युत अबरुद्ध भएको छ । खानेपानी आयोजनामा क्ष्यती पुगेको र पहिरोले क्ष्यती पुर्याएका संरचनाको लगत संकलन भैरहेको उहाले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च